पर्यटन बोर्डको सीईओ छनोटका कुनै पनि काम नगर्न नगराउन उच्च अदालतकाे आदेश

Apr 30, 2024 05:57 PM Merolagani

नेपाल पर्यटन बोर्डको सीईओ छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउने आदेशलाई उच्च अदालत पाटनले  निरन्तरता दिएकाे छ । अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई नै  निरन्तरता दिएको हाे ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले हिजाे यस्ताे आदेश दिएको हो । उच्च अदालतले पक्ष र विपक्ष दुवैसँग छलफल गरेपछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि, वैशाख १० गते न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलाशले अल्पकालीन अन्तरिम आदेश दिएकाे थियाे ।

पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन समेत गैरकानुनी भएको अन्तरिम आदेश जारी गरेकाे थियाे । यससँगै उच्च अदालत पाटनले छनोट उपसमिति पनि अवैधानिक रहेको भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

कुन्दन शर्मा मिश्रसमेतको निवेदनमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो । पर्यटन बोर्डकाे सीईओ बन्नका लागि २० जनाले आवदेन दिएका थिए जसमध्ये १६ जनाको नाम ‘सर्टलिस्ट’ मा परेको थियो । सर्टलिस्टमा परेकाहरूले आ–आफ्नो प्रस्तुतीकरण पेस गरिसकेका छन् ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।