इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ कराेड ५० लाख रूपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेकाे हाे ।
उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे द्वारा हस्ताक्षर गरिएको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई यस क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स २०७९ चैतकाे २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी २०८० जेठ ८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेको र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० जेठ १० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको यस कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७०% रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३०% रहनेछ ।