पेट्रोल र एलपी ग्यासबाहेक इन्धनको मूल्यमा हेरफेर

Apr 30, 2024 09:44 PM Merolagani

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य हेरफेर गरेको हो।

 नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले घटेर १५९ रुपैयाँ पुगेको छ। आन्तरिक हवाई ईन्धन प्रति लिटर १ रुपैयाँले बढेर १३७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ७ डलरले वृद्धि भएर १०४२ डलर पुगेको छ। पेट्रोल र एलपी ग्याँसको मूल्य यथावत रहेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।