खराब कर्जा घटेपछि सिवाईसी नेपाल लघुवित्तको नाफा उल्लेख्य बढ्यो, प्रतिशेयर आम्दानी कति?

May 01, 2024 11:18 AM Merolagani

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६३.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.८८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९१.०६ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ९.८४ प्रतिशतबाट घटेर ४.७४ प्रतिशतमा झरेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ५ करोडबाट घटेर ५४ लाखमा सीमित भएको छ। यसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ २ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १२३.०५ गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १८ लाख रुप्ैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ९३ पैसा रहेको छ।

२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३१ करोड १ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ४ अर्ब ९८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।