सुन र चाँदी दुबैको मूल्य घट्यो

May 01, 2024 11:30 AM Merolagani

बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।

नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन, प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदी तोलामा २० रुपैयाँ घटेको हो।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।