गतवर्षको तुलनामा सरकारको आर्थिक अवस्थामा केही सुधार, साधारण खर्च धान्न सक्ने अवस्थामा

May 01, 2024 02:19 PM Merolagani

गत वर्षको तुलनामा देशको आर्थिक स्थिति केही मात्रामा सन्तोषजनक देखिएको छ र सरकारले आफ्नो खर्च आफै चलाउन सक्ने अवस्थामा पुगेको छ ।


चालू आर्थिक वर्षको वैशाख १८ गते मंगलरबारसम्म राजस्व संकलन ७ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको पुगेको छ । यो अवधिमा चालू खर्च भने ६ खर्ब ९९ अर्ब ३० करोड रूपैयाँ छ । गत वर्ष यही समयको तुलनामा यो सन्तोषजनक अवस्था हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष बैशाख १८ गतेसम्म साधारण खर्च ७ खर्ब ४५ अर्ब ६३ करोड रूपैयाँ पुगेको थियो तर राजस्व भने केवल ७ खर्ब ११ अर्ब रूपैयाँ संकलन भएको थियो ।

उक्त कार्यालयका अनुसार बैशाख हालसम्म सरकारले ९ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ बजेट खर्च भएको छ भने यो अबधिमा ८ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो कर तथा गैरकर, अनुदान तथा अन्य प्राप्तिको रकम हो ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।