नेपाल फाइनान्सको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

May 02, 2024 08:34 AM Merolagani

नेपाल फाइनान्स (NFS) ले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। फाइनान्सले संस्थापक समूहको १० लाख ९४ लाख ४७.१८७ कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि बैशाख २० गतेदेखि जेठ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। सो शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरुले तोकिएको मितिभित्र बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढी १० अंकले भाग जानेगरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

फाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालय र प्रभु बैंकको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।