संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति गर्न लेखा सुपरिवेक्षण सकृय हुनुपर्ने

May 02, 2024 01:46 PM Merolagani

‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’को मुल नारा लिएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी गर्दैछ । उक्त गोष्ठी यही बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटलमा हुने भएको हो ।

सहकारी संघसंस्थाहरुको लागि गोष्ठी उपलब्धीमूलक हुने आयोजकको दाबी छ । गोष्ठीले लेखा समितिमा रहेका व्यक्तिहरुको ज्ञान, सीप र क्षमतामा विकास गरी संस्थागत सुशासन कायम गर्न टेवा पु¥याउने छ । गोष्ठीमा विश्व ऋण परिषद्, एशियाली ऋण महासंघ, नेपाल राष्ट्र बैंक, आईक्यान र सहकारी विभागका साथै अभियानका तर्फबाट कार्यपत्र प्रस्तुत गरिने नेफ्स्कुनका सीइओ डा. शिवजी सापकोटाले जानकारी दिए ।

विगत तीन वर्षदेखि बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुमा समस्या दिनप्रतिदित बढ्दो अवस्थामा छ । आन्तरिक सुशासन नभएकै कारण धेरै सहकारी संस्थाहरु समस्यामा परेको गोष्ठीको संयोजक तथा नेफ्स्कूनका उपाध्याक्ष अध्याक्ष शान्ती अधिकारीले बताईन ।

‘अहिले गर्न लागिएको गोष्ठी कमाउने उद्देश्यले भन्दा पनि सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिलाई सकृय बनाउने हो । धेरै सहकारी संस्थाहरुमा लेखा समिति निर्वाचन भएपछि आफ्नो जिम्मेवारी बिर्सने परिपाटी बढेको छ । यस गोष्ठीमा सहकारी संघ÷संस्थाका लेखा समितिको भूमिका, जिम्मेवारी, जवाफदेहिता र विश्व अभ्यास जस्ता विषयलाई समेटेर कार्यपत्रहरु प्रस्तुत गरिने छ’, अधिकारीले भनिन्न ।

लेखा समितिको चासो र क्षेत्रहरुको बुझाइ एवम् प्रभावकारीता वृद्धि गरी संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति गर्ने, संस्थागत परीक्षणका क्षेत्र, विधि, प्रक्रिया र प्रतिवेदन प्रणालीमा एकरुपता कायम गरी परीक्षणमा जिम्मेवार पक्षहरुबीच प्रभावकारी सम्बन्ध विकास गर्ने उद्देश्य गोष्ठीको छ ।
विद्यमान समस्याको पहिचान गरी सम्बद्ध पक्षहरुको भूमिका स्पष्ट गर्ने, वित्तीय सहकारीको आन्तरिक नियन्त्रण प्रणालीका विश्व अभ्यास र नेपालको वित्तीय क्षेत्रका अभ्यासहरुको जानकारी प्राप्त गरी आगामी कार्यदिशा तय गर्ने तथा सहकारी क्षेत्रको चुनौतीपूर्ण अवस्थामा लेखा समिति लगायत नेतृत्व तहमार्फत समाधानका सम्भावना पहिचान गर्न गोष्ठी सहयोगी बन्ने विश्वास गरिएको छ।

गोष्ठीका प्रस्तुतिहरु

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यपत्रहरु प्रस्तुत गरिने छ । गोष्ठीमा विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा प्रविधि र समाधान हस्तान्तरण गर्दै आएको विश्व ऋण परिषद्, एसियाली मुलुकहरुमा बचत ऋण सहकारीको प्रवर्धन एवम् संस्थागत विकासमा सहजीकरण गर्दै आएको एशियाली ऋण महासंघ थाइल्याण्ड, नेपाल राष्ट्र बैंक, आइक्यान र नेपालको आर्थिक विकासमा सहकारी सफल माध्यम बनाउन अतुलनीय योगदान गर्नुहुने विज्ञहरुबाट कार्यपत्रहरु प्रस्तुत हुने नेफ्स्कूनले बताएको छ ।

लेखा सुपरिवेक्षण गोष्ठीको पहिलो सामुहिक सत्रमा ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ शीर्षकमा प्रस्ततुती रहने छ । उक्त सामूहिक सत्रको प्रस्तोता नेफ्स्कुनका प्रमुख कार्याकारी अधिकृत शिवजी सापकोटाले गर्नेछन् ।

पहिलो दिनको दोस्रो सामुहिक सत्रमा ‘लेखा सुपरिवेक्षण समिति, आन्तिरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षकको सम्बन्धः परिक्षणका क्षेत्र, विधि र प्रकृयाहरु’ सम्बन्धमा रहने छ । उक्त विषयको प्रस्त चार्टड एकाउन्टेन्ट सन्जिव ढकालले गर्ने भएका हुन् ।

साथै, ‘स्वस्थ एवम् सुरक्षित साकोस निर्माणः औजार र प्रविधि’ शीर्षकमा हुने भएको छ । उक्त सामूहिक सत्रको प्रस्तोता एसियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिटा भि. सानरोक्यू र सोही महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले गर्ने भएका हुन् ।

त्यसैगरी, गोष्ठीको दोस्रो दिन ‘नियामकीय दृष्टिकोणमा सहकारी क्षेत्रको विद्यमान समस्या र समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा हुनेछ । उक्त सत्रको प्रस्तोताको भूमिका सहकारी विभागका रजिष्ट्रार पिताम्बर धिमिरेले गर्नुहुने छ । ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली ः विश्व अभ्यास र नेपालको सम्भावना’ विषयमा हुने सामुहिक छलफल हुँदैछ । उक्त छलफलको प्रस्तोता रुपमा अन्तर्राष्ट्रिय बहस तथा नियमन विज्ञ विश्व ऋण परिषद्की एरिन हो हर्न गर्ने भएकी छिन् ।

सामुहिक सत्रको क्रममा संस्थागत सुरक्षा र सुपरिवेक्षणमा वित्तयि क्षेत्रको अभ्यास र साकोस अभियान रहनेछ । उक्त छलफलको प्रस्तोताको रुपमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल रहनेछ । त्यसैगरी गोष्ठीको अन्तिम छलफलको रुपमा उत्प्रेरणात्मक प्रस्तुतीकरण समस्या, नेतृत्व, सम्भावना र समाधान विषयमा हुनेछ । उक्त छलफलको प्रस्तोता शिक्षाविद् रमण नेपालीले गर्नेछन् ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।