सुस्त बजारलाई गुल्जार बनाउन अटो कम्पनीहरुले ल्याए नयाँ बर्षकाे ‘स्किम’, १० लाखसम्म जित्ने अफर

Apr 08, 2024 02:23 PM Merolagani

आर्थिक मन्दीले पछिल्लो समय सुस्त बन्दै गएको नेपाली अटोमोबाइल बजारलाई राहत दिन अटो कम्पनीहरुले नयाँ बर्ष २०८१ का लागि योजना सार्वजनिक गरेका छन् ।

विद्युतीय बजारमा चहलपहल देखिएपनि इन्धनबाट चल्ने प्यासेन्जर गाडी, कमर्शियल गाडी तथा दुई पाँग्रे बजार भने सुक्दै गएको छ । बजार विद्युतीय गाडी तर्फ मोडिदा अन्य सवारीसाधनमा भने उपभोक्ताको खासै चासो देखिदैन ।

आर्थिक मन्दीले खस्किएको अटो बजारलाई उकास्न दुई तथा चार पाँग्रे सवारी बिक्रेता कम्पनीहरुले नेपाली नयाँ बर्ष २०८१ सालका लागि अफर ल्याएका छन् ।

नेपालमा सर्वाधिक बिक्री भइरहेका कम्पनीहरु बिवाईडी, हुन्डाइ, होन्डा, सिट्रोन, निशान,रेनो लगायतका नयाँ बर्षकाे अफर ल्याएका छन । त्यस्तै दुई पाँग्रे तर्फ सुजुकी, बजाज, सेग्वे इभी, रोयल इन्फिल्ड लागायतका ब्रान्डले नयाँ बर्षका लागि योजना सार्वजनिक गरिसकेका छन । कतिपय चल्तिका ब्रान्डले नयाँ बर्षका लागि अफर ल्याउने तयारी गरिरहेका छन् । जसमा टाटा, सुजुकी, होन्डा लगायतका ब्रान्डले ल्याउने तयारी गरिरहेको जनाएका छन् ।

यी कम्पनीहरुले सवारी खरिदमा सहज कर्जा सुविधादेखि १० लाखसम्म एक्सचेन्ज बोनस र आकर्षक नगद छुटको व्यवस्था गरेका छन् ।

कस्ले के ल्याए अफर ?

लक्ष्मी हुन्डाइले नयाँ बर्षमा गाडी खरिद गर्नेले १० लाखसम्म एक्सचेन्ज बाेनस र ६ लाखसम्म नगद छुट अफर दिएको छ । त्यस्तै स्क्रयाच कार्डको तीन गुणा सम्म बोनस र एक बर्षसम्म बीमा र सवारी कर उपलब्ध हुने छ ।

 

त्यस्तै बिवाईडी साइमेक्सले ९.५ प्रतिशत ब्याजदरमै ८० प्रतिशतसम्म फाइनान्सिङको व्यवस्था मिलाएको छ । ओरा इभीले ५ लाख सम्म छुट र ७ किलावाटको फास्ट चार्ज र उपलब्ध गराएको छ ।
सिट्रोन गाडीको खरिदमा ग्राहकले क्यास बोनस, एक्सचेन्ज बोनस र एक्सचेन्ज गरेको खण्डमा दुई लाख ५० हजारसम्म सुविधा पाउने छन् ।

त्यस्तै नयाँ बर्षमा निसान गाडी खरिद गरेमा ६ लाख सम्म क्यास छुट, एक्सेन्जमा तीन लाख र कर, सर्भिसिङमा बिशेष छुट पाउने छन् । नयाँ बर्षमा रेनो गाडीले सिपर डुप्पर प्राइस डिलाइट अफर ल्याएको छ ।

दुई पाँग्रे तर्फपनि बम्पर अफर

पछिल्लो समय नेपालमा दुई पाँग्रे बजार खस्किदै गाएको छ । कुनै बेला तीन लाख बढी आउने यहि बजारमा अहिले एक लाखपनि कट्न कठिन छ । उपभोक्ताले दुई पाँग्रे सवारी किन्न छोडेका छन् ।

आर्थिक मन्दीको असर दुई पाँग्रे बजारमा देखिएपछि नयाँ बर्षमा बजार चलाएमान बनाउन कम्पनीहरुले विभिन्न अफर दिएका छन् । जसमा सुजुकीले बाइक तथा स्कुटर खरिदमा १० हजार छुट, एक लाखसम्म जित्ने अफर ल्याएको छ । त्यस्तै फाइनान्समा शुन्य ब्याजदरमा बाइक र एक्चेन्जमा २० हजारसम्म अफर दिएको छ ।

त्यस्तै बजाज नेपालले क्यास डिस्काउन्ट, हरेक हप्ता एक लाख जित्ने मौका र ३० प्रतिशत डाउनपेमेन्टमै बाइकको व्यवस्था गरेको छ ।

रोयल इन्फिल्डले तीन बर्ष फाइनान्स सुविधा, सर्भिसिङ्मा १० प्रतिशत छुट, बिशेष एक्सचेन्ज सुविधा दिएको छ । त्यस्तै विभिन्न इभी स्कुटर खरिदमा पनि नगद छुटको अफर दिएका छन् । यी लगायत अन्य चल्तीका कम्पनीले पनि नयाँ बर्षका लागि अफर ल्याउने तयारी गरिरहेका छन् भने कतिपय कम्पनीको व्यापार नै नभएको भन्दै नल्याउने पनि जनाएका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।