प्रभु बैंकले बोलायो साधारण सभा

Apr 09, 2024 08:23 AM Merolagani

प्रभु बैंक लिमिटेड (PRVU) ले बैशाख २० गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले बैशाख ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।