११ बैंकको शेयर अन्डरभ्यालुड, ग्राहम्स भ्यालुका आधारमा यस्तो देखियो बैंकको अवस्था

Apr 26, 2024 05:34 AM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १९ वाणिज्य बैंकहरुमा ११ वाणिज्य बैंकको शेयरमूल्य अन्डरभ्यालुड देखिएको छ। बेन्जमिन ग्राहमको शुत्र अनुसार ११ वाणिज्य बैंकको शेयरमूल्य अन्डरभ्याल्यूड देखिएको हो।

विश्व शेयर बजारका बादशाह वारेन बफेटले समेत पछ्याउने बेन्जमिन ग्राहमको ग्राहम्स भ्यालु शुत्रका आधारमा आधा भन्दा धेरै बैंकको शेयरमूल्य अन्डरभ्यालुड देखिएको हो। लगानीकर्ताले कम्पनीको सही विश्लेषण गर्न नसक्दा राम्रो अवस्थाको कम्पनीको शेयर मूल्य अवमूल्यन भएको छ भने नराम्रा कम्पनीको शेयरमूल्य उच्च मूल्यमा उक्लिएका हुन्।

पछिल्लो समय वित्तीय रुपमा कमजोर कम्पनीहरुको शेयरमूल्य बढिरहेको छ भने वित्तीय रुपमा सबल रहेका कम्पनीहरुको शेयरमूल्य बढ्न सकेको अवस्था छैन। फाइनान्स कम्पनीहरुको शेयरमूल्य लगातार बढेर जाँदा वाणिज्य बैंक र विकास बैंकहरुको शेयरमूल्य बढ्न सकेको छैन।

ग्राहमको शुत्र अनुसार नेपाल इन्भेष्टमेन्ट बैकको शेयरमूल्य सबैभन्दा धेरै ४६ प्रतिशतले अन्डरभ्यालुड देखिएको छ। ग्राहम्स भ्यालुका अाधारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७२ रुपैयाँ हुनुपर्ने छ तर बैंकको शेयरमूल्य अहिले प्रतिकित्ता १५२ रुपैयाँमा खरिदबिक्री भइरहेका छ। यस्तै एनएमबि बैंकको ४१ प्रतिशत, प्राइम कमर्शियल बैंकको ३४ प्रतिशत,कृषि विकास बैंकको २७ प्रतिशत,सिद्धार्थ बैंकको १९ प्रतिशत,प्रभु बैंकको ३० प्रतिशत, लक्ष्मी सनराइज बैंकको २७ प्रतिशत, सिटिजन्स बैंकको २६ प्रतिशत, ग्लोबल आइएमई बैंकको १९ प्रतिशत, हिमालयन बैंकको १८ प्रतिशत र माछापुच्छ्रे बैंकको ८ प्रतिशतले अन्डरभ्यालुड देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले गरेको आम्दानीले ती कम्पनीको शेयर मूल्य अवमूल्यन भएका हुन्। तर पनि बैंकको शेयरमा लगानीकर्ताको आँखा गएको छैन।

पछिल्लो समय खराब कर्जाले बढेको र लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको कारण वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण कम भएको छ। अर्कोतर्फ बैंकहरुको पूँजी समेत अत्याधिक भएकोले बैंकको शेयर बढाउन सकेका छैनन्।

अहिले शेयर बजारमा ठूला खेलाडीहरुले समेत ठूला बैंकको शेयर भन्दा कम पूँजी भएका कम्पनीहरुमा हात हालिरहेका छन्। जसले गर्दा साधारण लगानीकर्ता पनि उनीहरुकै पछि लागेर वित्तीय अवस्था कमजोर भए पनि कम पूँजी भएकै आधारमा त्यस्ता कम्पनीमा लगानी गरिरहेका छन्। यसले गर्दा जलविद्युत, लघुवित्त र फाइनान्स क्षेत्रका केहि सिमित कम्पनीहरुको शेयरमूल्य बढिरहेको छ।

अहिले अधिकाँश वाणिज्य बैंकको शेयरमूल्य ३६५ दिन अवधिकै न्युन विन्दुमा छ। अन्य कम्पनीहरुको शेयरमूल्य बढेर गए पनि बैंकको शेयरमूल्य बढ्न सकेको छैन। विगतका वर्षहरुको तुलनामा नाफा घटेको भए पनि कतिपय बैंक अझै पनि राम्रै प्रतिफल दिन सक्ने अवस्थामा छन्। तर पनि त्यस्ता बैंकमा लगानीकर्ताको आकर्षण भने बढ्न सकेको छैन्। अहिले पाँचवटा बैंकको शेयरमूल्य नेटवर्थ भन्दा पनि तल झरिसकेको छ।

  • के हो ग्राहम्स नम्बर?

कुनै पनि कम्पनीको प्रति शेयर आम्दानी र किताबी मूल्यका आधारमा बजारमा उसको शेयरमूल्य कति हुनुपर्छ भनि गणना गरिने नम्बरलाई ग्राहम्स नम्बर भनिन्छ। यसले कुनै पनि कम्पनीको शेयर खरिद गर्न कति रुपैयाँसम्म तिर्नु उपयुक्त हुन्छ भन्ने निर्णय गर्न लगानीकर्ताहरुलाई सहयोग गर्दछ। ग्राहम्स नम्बर भन्दा कम मूल्य भएका कम्पनीको शेयरहरुलाई अन्डरभ्याल्यूड भनिन्छ भने बढी मूल्य भएकालाई ओभरभ्याल्यूड भनिन्छ।

  • ग्राहम्स नम्बर गणना गर्ने शुत्रः

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।