हर्लिक्स अब हेल्थ ड्रिंक्स रहेन, खबर बाहिरिएसँगै कम्पनीकाे शेयरमा गिरावट

Apr 26, 2024 11:58 AM Merolagani

बर्नभिटापछि अब हर्लिक्स पनि हेल्थ ड्रिंक्सको श्रेणीबाट हटाइएको छ। भारत सरकारकाे निर्देशनपछि यसको प्यारेण्ट कम्पनी हन्दिुस्तान यूनिलिभरले स्वास्थ्य पेयबाट श्रेणी परिवर्तन गरिदिएको हो । अब यसको श्रेणी फेरिएर 'फंक्सनल न्यूट्रिशनल ड्रिंक्स' भएकाे छ ।

भारतकाे वाणिज्य एवंम् उद्योग मन्त्रालयले कैयौं पेय पदार्थका कम्पनीहरुलाई आफ्ना इ कमर्स प्लाटफर्ममा हेल्थ ड्रिंक्सको क्याटगरीबाट हटाउन निर्देशन दिएको थियो ।

हिन्दुस्तान युनिलिभरले आफ्नो 'हेल्थ फूड ड्रिंक्स' को श्रेणीलाई फंक्शनल न्यूट्रिशनल ड्रिंक्समा राखेको हाे। 

खबर बाहिरिएसँगै कम्पनीकाे शेयरमा गिरावट

यो खबर बाहरिएपछि शेयर बजारमा हिन्दुस्तान युनिलिभरकाे शेयरमा प्रभाव परेकाे छ ।बुधबार कम्पनीकाे शेयर १.६३ प्रतिशतले घटेर २,२२२.३५ भारतीय रुपैयाँमा झरेको थियाे । साे दिन यो सेन्सेक्समा टप लुजरहरूको सूचीमा दोस्रो स्थानमा रहेकाे थियाे। बिहीबार पनि कम्पनीकाे शेयर घटेर २,२१९ रूपैयाँसम्म झरेकाे थियाे ।

र शुक्रबार भने यस कम्पनीकाे शेयर मूल्यमा वृद्धि देखिएकाे छ । आज कम्पनीकाेृ शेयरमूल्य २,२४० रूपैयाँमा पुगेकाेछ ।

हिन्दुस्तान युनिलिभरका प्रमुख वित्तीय अधिकृत रितेश तिवारीले एफएनडी वर्गको प्रवेश न्यून भएकाले वृद्धिको ठूलो अवसर रहेको बताए । तिवारीले हिन्दुस्तान युनिलिभरले एफएनडी श्रेणीमा स्तरोन्नति गर्न,आफ्नो ग्राहक संख्या बढाउन,उपयोग बढाउन र उपभोक्ताहरूलाई थप लाभ प्रदान गर्ने कुरामा ध्यान दिने पनि उनले जानकारी दिए। कम्पनीले आफ्नो प्रिमियम एफएनडी दायरामा राम्रो बृद्धि देखेको पनि उनले बताए । कम्पनीले आर्थिक वर्ष २०२४मा हर्लिक्सको बजार हिस्सा बढेको दाबी समेत गरेकाे छ ।

हिन्दुस्तान युनिलिभरका अनुसार फंक्शनल न्यूट्रिशनल ड्रिंक्स(FND) श्रेणाीकाे अर्थ प्राेटिन र कैयाैं पाेषण तत्वकाे कमीकाे आवश्यक्तालाई पुरा गर्नु हाे । एफएनडीलाई कुनै पनि नन अल्काेहाेलिक ड्रिंकका रूपमा परिभाषित गर्न सकिन्छ ।

गलत शब्दको प्रयोगले उपभोक्तालाई बहकाउन सक्ने 

बाल अधिकार संरक्षण राष्ट्रिय आयोगले हालसालै खाद्य सुरक्षा र मानक ऐन २००६ अन्तर्गत 'स्वास्थ्य पेय' (Health Drinks) को कुनै परिभाषा नभएकाे बताएकाे छ। याे महिनाको सुरुवातमा एफएसएसएआईले ई- कमर्स वेबसाइटहरूलाई 'स्वास्थ्य पेय' वा 'ऊर्जा पेय'काे श्रेणीमा डेरी, अन्न वा माल्ट-आधारित पेय पदार्थहरू सूचीबद्ध नगर्न निर्देशन दिएकाे थियो।

स्वास्थ्य पेय भारतको खाद्य कानूनमा परिभाषित गरिएको छैन । एफएसएसएआईले 'एनर्जी ड्रिंक्स' कानून अन्तर्गत सादा पानीमा आधारित पेयहरू भएकाे तर्क गरेकाे थियाे। एफएसएसएआईले गलत शब्दहरूको प्रयोगले उपभोक्ताहरूलाई बहकाउन सक्ने र त्यसैले वेबसाइटहरूलाई विज्ञापन हटाउन वा सच्याउन निर्देशन दिएकाे बताएकाे छ। यसैगरी,उद्योग बजार अनुसन्धान र सल्लाहकार फर्म टेक्नावियोका अनुसार, भारतमा स्वास्थ्य पेय पदार्थको बजार हिस्सा २०२१ देखि २०२६सम्म ३.८४ बिलियन डलरले बढ्ने अपेक्षा गरिएको छ।

एजेन्सी ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।