अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयकाे निर्देशन

Apr 26, 2024 01:27 PM Merolagani

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। कैयाैं आयोजनाहरु अलपत्र र अपुरो हुँदा सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी भएकाे गुनासो आएको भन्दै शुक्रबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र काटेकाे हाे ।

यसैगरी, मन्त्रालयले जिल्लास्थित आयोजना र योजना संचालन गर्न कार्यालय र निकायसँग समन्वय गरि हाल अलपत्र र रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण मन्त्रालयमा पठाउन अनुरोध गरेकाे छ ।

सबै जिल्ला प्रशासनलाई पठाइएको पत्रमा भनिएको छ,'मुलुकको विभिन्न स्थानहरुमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना र योजना संचालन गर्न कार्यालय र निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्रररुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यश मन्त्रालयमा पठाउनुहुन अनुरोध छ। साथै त्यस्ता अलपत्र र रुग्ण योजना र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय र निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्नुहुन पनि अनुरोध छ।'

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।