साेहि कारण उनको नेशनल पिपुल्स कांग्रेस (एनपीसी)को सदस्यता पनि खारेज गरिएको छ । एनपीसीले विज्ञप्ति जारी गर्दै याङमाथि पार्टीको अनुशासन समितिले पहिले नै अनुसन्धान गरिरहेको जनाएको छ।
चीनमा भ्रष्टाचार विरोधी अभियान चल्दै
विगत केही वर्षदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङले देशभर भ्रष्टाचार विरोधी अभियान चलाइरहेका छन् । यसैबीच याङको बर्खास्तीलाई चीनको स्वास्थ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो कारबाही मानिन्छ। प्रतिवेदनका अनुसार यो कारबाहीको उद्देश्य स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचारलाई जरैदेखि उखेल्ने हो । कारवाहीका क्रममा, विगतका वर्षहरूमा चीनका धेरै अस्पतालका प्रमुखहरूलाई हिरासतमा राखिएको छ। यसबाहेक, सिनोफार्मका अर्का पूर्व वरिष्ठ अधिकारी झोउ बिनलाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।
याङद्वारा पहिलो कोरोना भ्याक्सिनकाे आविष्कार
६२ वर्षीय याङ सियाओमिङ एक अनुभवी अनुसन्धानकर्ता हुन् जसले चीनको पहिलो कोरोना भाइरस खोप, बीबीआईबीपी-कोर्व विकास गर्ने टोलीको नेतृत्व गरेका थिए। त्यसपछि यो खोप सामान्य प्रयोगकालागि स्वीकृत गरिएकाे थियाे। कोरोना भाइरसको पहिलो पटक २०२० मार्चमा चीनको वुहान सहरमा देखिएको थियो । जसपश्चात विश्वभर काेराेना महामारी फैलिएको थियो। त्यसपछि यो रोगका कारण विश्वभर धेरै मानिसको मृत्यु भयो । याङको टोलीले विकास गरेको काेभिड १९ खोप २०२०काे डिसेम्बरमा सामान्य प्रयोगको लागि स्वीकृत भएको थियो।
यसअघि याङलाई कोरोना महामारीसँग लड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसपछि, उनलाई विज्ञान र चिकित्सा क्षेत्रमा चिनियाँ वैज्ञानिकहरूलाई दिइने हो लेउङ हो ली फाउन्डेशन पुरस्कार पनि प्रदान गरिएकाे थियाे।