यो यति लोकप्रिय भयो कि यसबाट ४ नयाँ कम्पनीहरूको जन्म भयो। तर, कम्पनीले अहिलेसम्मको यात्रामा धेरै उतारचढावको सामना गरेको छ। यसका बाबजुद पनि स्न्याक्स उद्योगमा यसले आफ्नो प्रभुत्व कायम राखेको छ। स्न्याक्स उद्योगमा हल्दीरामको हिस्सा ३६ प्रतिशत छ।
सन् १९३७ मा हल्दीरामको औपचारिक सुरुवात भए पनि बीकानेरका भिखाराम अग्रवालले भुजियाको व्यवसाय धेरै अघि सुरु गरेका थिए। उनीहरुको भुजियाको पनि आफ्नै कथा छ। वास्तवमा भिखाराम भुजिया बजारमा काम गर्थे। उनकी छोरी घरमा भुजिया बनाउँथिन्, जसको स्वाद एकदमै फरक थियो त्यसैले त्यसलाई बजारमा लैजाने योजना बनाए। बिस्तारै भुजियाको कारोबार परिवारको स्थायी आम्दानीको स्रोत बन्यो।
बेसनको सट्टा मोठको भुजिया ल्याए
पछि भिखारामका नाति गंगा बिशन अग्रवालले यो व्यवसायलाई निरन्तरता दिए। जनताले उनलाई हल्दीराम भनेर चिन्थे। उनले चनाको सट्टा मोठको दाल प्रयोग गरे। यससँगै भुजिया तयार गरी बेच्न थाले। यसरी भुजियाको स्वाद परिवर्तन भयो। मानिसहरूले यसको स्वाद मन पराउन थाले।
व्यवसायलाई अगाडि बढाउन उनले बीकानेरका महाराजा डुङ्गर सिंहको नाममा भुजिया नाम परिवर्तन गरी डुङ्गर सेव राखे। भुजियासँग महाराजाको नाम जोडिएपछि यसको नाम तिव्र गतिमा फैलियो। त्यतिखेर, भुजियाको मूल्य प्रतिकिलो ५ पैसा राखिएको थियो। यसमा महाराजाको नाम जोडिएपछि मानिसहरूले यसलाई प्रिमियम भुजियाको रूपमा किन्न थाले।
बीकानेरमा बिस्तारै यो हल्दीरामको भुजिया भनेर चिनिन थाल्यो। १९३७ मा, गंगा बिशन अग्रवालले यसलाई हल्दीराम कम्पनीको रूपमा आधिकारिक नाम दिए र कम्पनीको आधारशिला राखे।
जब विभाजन भयो
सन् १९५५ मा हल्दीरामले कोलकातामा पनि व्यापार सुरु गर्ने निर्णय गरे। उनले त्यहाँ हल्दीराम भुजियावालाको नाममा कम्पनी खोले। त्यसपछिको दशकमा यो कोलकाताको एक प्रसिद्ध नाम बन्यो। यसैक्रममा हल्दीरामका जेठा छोरा सत्यनारायणले बुबा र भाइबाट अलग हुने निर्णय गरे। छुट्टिएपछि उनीले हल्दीराम एन्ड सन्स नामको छुट्टै पसल सुरु गरे। हल्दीरामका नातिहरूले नागपुरमा व्यापारको दायरा विस्तार गरे।
हल्दीरामले नागपुरमा दक्षिण भारतीय परिकारहरुलाई धेरै मन पराउने गरेको पाए। यसैलाई अवसरका रुपमा लिएर उनले दक्षिण भारतीय परिकार बेच्न थाले। यसरी कम्पनीले नागपुरमा पनि नाम कमाउन सफल भयो।
कम्पनीले आफुलाई भुजिया बनाउनमा मात्र सीमित राखेन। समय–समयमा, विभिन्न प्रकारका स्न्याक्स लन्च गर्यो जुन धेरै लोकप्रिय भयो।
(अनुवादित)