मोलुङ्ग हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नोक्सानी घट्यो

May 05, 2024 11:44 AM Merolagani

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड (MHCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने नोक्सानी घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६३ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा २ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १ करोड ८१ लाख रुपैयाँमा झरेको छ। वित्तीय खर्च घटेका कारण पनि कम्पनीकाे नाेक्सानी घट्न टेवा पुगेकाे हाे।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ २ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ५३ पैसा रहेको छ।

८० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित नोक्सानी १८ करोड ३ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।