भक्तपुरकाे एक प्लाई कार्पेट कारखानामा आगलागी, एक जना गम्भीर घाइते

May 05, 2024 12:44 PM Merolagani

भक्तपुरकाे एक प्लाई कार्पेट कारखानामा आगलागी भएकाे छ। चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित कारखानामा भएकाे आगलागीमा परी दुई जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेकाे छ ।

गम्भीर घाइते हुनेमा भारतका २९ वर्षिय मनु उर्वा रहेका छन् । कारखानामा कार्यरत उर्वालाई उपचारका लागि भक्तपुरस्थित डा. ईवामुरा अस्पताल लगिएको थियाे । त्यसपछि कीर्तिपुर अस्पतालमा रिफर गरिएपछि उनलाई  राति साढे १ बजे अस्पताल लगिएको थियाे ।

यस्तै, अर्का घाइते रामेछापका लिखु तामाकोशी गाउँपालिका- ६ का २३ वर्षिय बुद्धनारायण श्रेष्ठ हुन् । अहिले भक्तपुरको दुवाकोट निवासी उनी सामान्य घाइते हुन् ।

शनिबार राति १२ बजे ज्योति प्लाई कार्पेट कारखानामा आगो लागेको थियो । आगो नियन्त्रण गर्न भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका ७ वटा दमकल र चार वटा पानी ट्यांकर प्रयोग गरिएको थियो । नेपाल प्रहरीका ४७ जना र सशस्त्र प्रहरीको १३ जनाको टोली समेत खटिएकाे थियाे । भक्तपुर प्रहरीका अनुसार आज बिहान ४ बजे आगो नियन्त्रणमा लिइएकाे थियाे ।यद्धपी अहिलेसम्म पनि आगो पूर्णरुपमा ननिभेको प्रहरीले जानकारी दिएकाे छ ।

सन्तोषमान श्रेष्ठ सन्चालक रहेकाे कारखानामा आगाे लाग्दा १ करोड ८० लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको बताइएकाे छ । 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।