बजार किन बढ्न सकेको छैन ?

May 05, 2024 06:24 PM Merolagani

गतहप्ता बजार सामान्य रुपमा सुधार हुन कोशिस गर्यो । तर यस साताको पहिलो कारोबार दिन नै बजार २४.५८ अंकले घटेर बन्द भएको छ भने तीन अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।

निरन्तर रुपमा घटेको बजार पछिल्लो समय १९ सय देखि २१ सय माथिको विन्दु वरपर रहेको छ । एउटै प्रकृतिको बजारकाे गतिले लगानीकर्तामा निराशा छाएको छ ।

शेयर बजारमा घट्बढ हुनु स्वभाविक प्रकृया हो । तर नेप्से सूचक सधैँ उस्तै प्रकृतिमा चल्दा लगानीकर्तामा अन्योल छाएकाे छ । पछिल्लो समय बजार बढ्ने आशा छैन । सूचकमा समान्य सुधार भयो की शेयर बिक्री गरेर बाहिरिने दाउमा लगानीकर्ता लागेका छन् यसले बजारप्रति लगानीकर्ताको चरम निराशा रहेको प्रष्ट पारेको छ ।

पछिल्लो एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर रुपमा घट्दो क्रममा रहेको छ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ । तर  शेयर बजारले गति लिन सकेको छैन । शेयर बजारमा आउने कर्जालाई सिमा लगाउँदा बैंकको पैसाको उचित परिचालन हुन नसकेको देखिन्छ । यसको लागि नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगाएको सीमा हटाउनु पर्ने लगानीकर्ताहरुको जोड छ।

‘बजार बलियो भएर बढ्न वा घट्नको लागि समय लिने लगानीकर्ता उपेन्द्र पाठकको बुझाई छ । ब्याजदर घटयो भन्दैमा बजार बढ्दैन । बजार बढ्नको लागि केही समय लिन्छ । तत्काल प्रतिकृया जनाएको बजार दीर्घकालीन हुँदैन । अहिले निरन्तर घट्दो अवस्थामा रहेको ब्याजदर एकल अंकमा झर्दैछ । ब्याजदर अझै घट्ने हो । लगानीकर्ताहरु कर्जामा एकल अंकको ब्याजदर पर्खेर बसेका छन्’ पाठकले भने ।

वर्षैादेखि बजारलाई अप्ठेरो पार्ने नीति परिमार्जनका लागि लगानीकर्ताहरु जोड दिँदै गर्दा सरोकारवालाले परिमार्जनको लागि कुनै चासो दिएका छैनन् । बजार निरन्तर रुपमा झर्नुमा सरकार र मातहतका निकायनै प्रमुख दोषी रहेको लगानीकर्ताहरुको आरोप छ ।

त्यसैगरी,आईपिओको नाममा बजारमा शेयर सप्लाई आउनुले पनि बजारलाई उठ्न नदिएको लगानीकर्ता केशव कोईराला बताउँछन् । कमजोर वित्तीय अवस्था रहेका कम्पनीहरुलाई पनि प्रिमियम मार्फत बजारमा छिराउँदा बजारको पैसा बाहिरिएको उनको आरोप छ । सरकारको नीतिले बजारमा दवाव त परेकै छ । तर लगानीकर्ताहरु पनि अनुसाशित नहुँदा बजारले बलियो गति लिन सकेको छैन । कमजोर कम्पनीमा लगानी गर्ने,थोरै नाफा आउनाका साथै नाफा सुरक्षित गर्ने,वित्तीय अवस्था नकारात्मक होस तर थोरै पुँजी भएका कम्पनीमा लगानी गर्ने प्रवृतिले बजार स्थिर भएन । बजारमा यस्तो गतिविधि नरोकिएसम्म बजारको अवस्था यस्तै हुने कोईरालाको बुझाई छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।