सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

May 06, 2024 10:45 AM Merolagani

सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ।

आईतबार छापावाला सुन एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुन एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार ६६० रुपैयाँमा कारोबार भईरहेको छ। आईतबार चाँदी एक हजार ६४० रुपैयाँमा किनबेच भएको थियो।

 

 
comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।