सहकारी प्रकरण छानबिनको लागि रवि लामिछानेकाे पार्टी रास्वपा तयार

May 06, 2024 01:08 PM Merolagani

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी संघ सस्थामा देखिएको समस्या समाधान गर्नको लागि संसदिय छानबिन समितिका लागि तयार भएको छ ।

सहकारी संस्थाको छानविनको क्रममा व्यक्ति केन्द्रित भन्दा सहकारीमा देखिएको वास्तविक समस्या समाधान निकाल्ने गरि छानबि समिति बनाउनको लागि तयार भएको हो ।

पछिल्लो समय सहकारी संघ सस्थामा देखिएको समस्याको समाधान निकाल्ने गरि छानविन समिति गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल तयार रहेका थिए । नेकपा ऐमालेका अक्ष्यक्ष केपि शर्मा ओली पनि संसदिय समित गतठन गर्न तयार हेरको अभिब्यक्ति दिएका थिए । समिति गठन गर्ने सम्बन्धमा रास्वपा प्रष्ट धारणा नआउदा संसदिय समिति गठन हुन सकेको थिएन ।

रास्वपाको बैठकले सहकारी र लघुवित्तका समस्या र समाधानका विधि तय गर्न उप सभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै छानबिनको माग गर्दै संसदीय छानबिन समितिको निरन्तर माग गर्दै आएको छ । कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेकै बेला लामो समयसम्म संसद अवरुद्ध भएको थियो । अब सबै पक्ष संसदिय समिति गठन गर्न तयार भएपनि सहकारी संघ सस्थामा देखिएको समस्या समाधान द्रुत रुपमा हुन विश्वास गर्न थालिएको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।