साना किसान विकास लघुवित्तको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने मंगलबार अन्तिम दिन

May 06, 2024 01:28 PM Merolagani

कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने भोली अर्थात बैशाख २५ गते, मंगलबार अन्तिम दिन रहेको छ।

बैंकले लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक शेयर चैत २१ गतेदेखि लिलाम बिक्रीमा ल्याएको थियो। सो शेयरमा साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ। सो मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्रहरु स्वतः रद्द हुनेछन्। शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सो शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै साना किसान विकास लघुवित्तका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।