धनुषाको एक सहकारीकाे ८० लाख लुटपाट

May 06, 2024 03:16 PM Merolagani

धनुषाको एक सहकारीबाट ८० लाख रुपैयाँ बराबर लुटपाट भएकाे छ । साेमबार शुभश्री बचत तथा ऋण सहकारीबाट एक कर्मचारीले निकालेकाे उक्त रकम लुटिएको हाे । 

सहकारीका कर्मचारी वीरेन्द्र महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै थिए । 

वीरेन्द्र महतो र रेखादेवी महतो पनि मोटरसाइकलमा रकम लिन गएकाे समयमा रकम लुटिएको हो ।महताे जनकपुरको भानुचोकबाट रघुनाथपुर जाँदै गर्दा थुम्हौना नजिक आज बिहान करिब ११ बजे लुटपाट भएकाे हाे। मोटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएकाे प्रहरीले जनाएकाे छ । 

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।