'इन्ड्राइभ'काे आजबाट आधिकारिक रुपमा सेवा सुरु, राइडरले कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने

May 06, 2024 04:08 PM Merolagani

राइड सेयरिङ एप ‘इन्ड्राइभ’काे आजबाट आधिकारिक रुपमा सेवा सुरुवात भएको छ । साेमबार काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले औपचारिक रुपमा सेवाकाे सुरुवात भएको जानकारी दिएकी हुन्।

“हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिक रुपमा सेवा सुरु गरेका छौँ,” पोखरेलले भनिन्।

केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने उनले जानकारी दिइन् । राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत उनले बताइन्।

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङ बाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने भएकाे छ ।

इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताइन । उनले भनिन्, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।