तरलता थुप्रिएपछि एसएमई कर्जाको मार्केटिङमा बैंकहरु

May 06, 2024 05:58 PM Merolagani

बैंकहरुमा अधिक तरलता थुप्रिएको अवस्थामा बैंकहरु एसएमई कर्जाको मार्केटिङमा लागेका छन्। बैंकमा ठूला कर्जाको माग नभएपछि बैंकहरु एसएमई कर्जाको मार्केटिङ गर्न थालेका हुन्।

ब्याजदर घट्दा पनि बैंकहरुमा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले सस्तो ब्याजदर राखेर ग्राहकलाई कर्जा लिन बोलाउन थालेका हुन्। अहिले धेरै बैंकहरुले यस्ता अफरसहितका योजना सार्वजनिक गरिरहेका छन्।

बैंकहरुले अहिले घर, गाडीलगायतका कर्जामा न्युन ब्याजदर कायम गरेर ग्राहकलाई कर्जा लिन बोलाइरहेका छन्। घर कर्जामा केही बैंकले ब्याजदर ९ प्रतिशतभन्दा पनि तल झारेका छन्। गाडी कर्जा र अन्य साना उद्याेगमा दिने कर्जामा समेत बैंकहरुले ब्याजदर घटाएका छन्।

नेपाल बैंकले पछिल्लो समय ९.९५ प्रतिशत ब्याजदरमा घर कर्जा लिनको लागि आह्वान गरिरहेको छ। बैंकले ५ कार्य दिन भित्र नै कर्जा दिने गरी सो योजना सार्वजनिक गरेको छ। यस बाहेक बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, सुन धितो कर्जा लगायतका योजना समेत सार्वजनिक गरेको छ।

यता ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजना अन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको बैंकले जनाएको छ।

नबिल बैंकले ८.९९ प्रतिशत ब्याजदरमा नै घर कर्जा दिने गरी नयाँ योजना सार्वजानिक गरेको छ। साथै बैंकले नबिल एसएमई कर्जा, नबिल सक्षम कर्जा लगायतका एसएमई कर्जाको योजनाहरु समेत ल्याएको छ।

एभरेष्ट बैंकले एभरेष्ट एसएमई कर्जा अर्थात साना तथा मझाैला उद्योग कर्जा ल्याएको छ। बैंकले न्युनतम ब्याजदरमा नै सो कर्जा उपलब्ध गराउने जनाएको छ।

यी केही उदाहारण मात्रै हुन्। अहिले सबैजसो बैंक साना कर्जाको मार्केटिङमा लागेका छन्। ठूला कर्जाको माग नबढ्दा बैंकहरु एसएमई कर्जा बढाउने तर्फ लागेका हुन। पछिल्लो समय बैंकहरुको फेसबुक पेजमा समेत कर्जाका नयाँ नयाँ योजना सार्वजानिक गरिरहेका छन्।

 

पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर औसतमा करिब २ प्रतिशतले घटेको छ। ११ प्रतिशतभन्दा धेरै ब्याजदरमा घर कर्जा दिइरहेका बैंकहरुले अहिले ९ प्रतिशत ब्याजदरमा नै घर कर्जा दिने योजना ल्याइसकेका छन्।

बैंकहरुको ब्याजदर घट्दा पनि कर्जा लगनी नबढे पछि अहिले धेरै बैंकहरु कर्जाको मार्केटिङमा नै लागेको देखिन्छ।

बैंकहरुको औसत सिडि रेशियो ८० प्रतिशतमा झरेको छ। यस अनुसार करिब ६ खर्ब लगानीयोग्य रकम भएपनि कर्जाको माग न्युन छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिए पनि ९ महिनासम्म ४ प्रतिशत पनि कर्जा लगानी हुन सकेको छैन। यसले गर्दा बैंकहरु चौथो त्रैमासमा कर्जा लगानी बढाउने तर्फ लागेका छन्।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।