पाकिस्तान मुद्रास्फीतिको चपेटामा, दूधकाे मूल्य वृद्धि, एक लिटरकाे नै यति !

May 06, 2024 06:00 PM Merolagani

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको कराँचीमा दूधकाे मूल्य वृद्धि गरिएकाे छ । पाकिस्तानी संचारमाध्यमका अनुसार कराची आयुक्तले डेरी फार्मर्स एसोसिएसनको मागलाई स्वीकार गर्दै प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएको हाे । 

मूल्य वृद्धिसँगै कराँचीमा अहिले दूध प्रतिलिटर २१० पाकिस्तानी रुपैयाँमा बिक्री भइरहेको छ ।यसअघि दूधको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढ्ने अनुमान गरिएको थियो । यस मूल्यवृद्धिले पहिलेदेखि नै मुद्रास्फीतिको चपेटामा परेका पाकिस्तानी जनतालाई ठूलो मार परेको छ ।

पाकिस्तानमा दूध प्रतिलिटर २१० रुपैयाँमा बिक्री 

चरम मुद्रास्फीतिको मारमा परेका पाकिस्तानी जनताको समस्या झनै बढेको छ । कराँची प्रशासनले पाकिस्तानी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएपछि अब पाकिस्तानमा एक लिटर दूधका लागि २१० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

मुद्रास्फीति गत वर्षको तुलनामा २४ प्रतिशतले बढ्याे

गत साताकाे मे २ सम्म पाकिस्तानको संवेदनशील मूल्य सूचक (एसपीआई) ३१६.९५ अंक थियो । जुन अघिल्लाे साताकाे ३२०.१४ अंकको तुलनामा थोरै कम हाे। मे २ मा सकिएकाे एसपीआई २४.३७ प्रतिशतले बढेको हाे।

के भन्छन् डेरी फार्मर्स कराँची ?

डेरी फार्मर्स कराँचीका अध्यक्ष मुबाशर कादिर अब्बासीका अनुसार कराँचीका जनताका लागि चाँडै ५० रुपैयाँ वृद्धि हुने अपेक्षा गरिएको छ। अब्बासीले दूध उत्पादन खर्च बढेको उदाहरण दिए ।

यो वृद्धि हुनुमा सरकारको उदासीनता जिम्मेवार रहेको उनको भनाइ छ । उनले जेठ १० गतेसम्म प्राधिकरणले मूल्यवृद्धि घोषणा नगरे साझेदारले मामिला आफ्नो हातमा लिएर सहमति पछि भाउ बढाउने बताए ।

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।