लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताले सम्मेलन स्थल घेराउ गर्ने तयारी

Apr 24, 2024 10:06 AM Merolagani

पूँजीबजारका लगानीकर्ताले लगानी सम्मेलनका दिन सम्मेलन स्थल घेराउ गर्ने तयारी गरेका छन्।

पूँजीबजार सुधार गर्न सरकारले ध्यान नदिएको भन्दै पूँजीबजार लगानीकर्ताहरुले सो दिनमा सम्मेलन स्थल घेराउ गर्ने तयारी गरेका हुन्।

पूँजीबजारका अगुवा लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत लगानीकर्ताहरुलाई प्रदर्शनको तयारीमा जुट्न आव्हान गरेका छन्।

उनले लेखेका छन्, ‘१६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरुले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन्

सरकार सजग रहनु होला पूँजीबजारका लगानीकर्ता जोगाउनु होस्।’

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।