घट्यो नेशनल हाइड्रोपावरको नोक्सानी

Apr 26, 2024 05:06 AM Merolagani

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १ करोड १४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी २ करोड २९ लाख रुपैयाँ थियो।
विद्युत बिक्री आम्दानी बढाउन नसकेपनि खर्च नियन्त्रण गरेका कारण कम्पनीको खुद नाेक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.०८ प्रतिशत मात्र बढेको छ भने कुल नाफा ७५.३४ प्रतिशत बढेको छ। त्यसैगरी कम्पनीको सञ्चालन मुनाफा ४०४.८४ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३३ पैसा रहेको छ।

२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड ५० लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।