माओवादी नेतृत्वको तानातानमा परिरहने सहसचिव नरेन्द्र रानाको अर्थमन्त्रालयमा ‘इण्ट्री’, बजेट निर्माणका ‘की पर्सन’ बन्दै

Apr 29, 2024 06:06 AM Merolagani

सरकारले बिहिबार २८ जना सहसचिवहरुको सरुवा गरेको छ । त्यसमध्ये नरेन्द्र कुमार रानालाई भरतपुर महानगरपालिकाबाट अर्थमन्त्रालयमा ल्याइएको छ ।

कर्मचारीहरुको सरुवा, बढुवा सरकारका नियमित काम कर्तव्य हो । त्यो हिसाबले रानाको सरुवा पनि नियमित प्रकृया अन्तरगतको एउटा कदम हो । तर, अर्थमन्त्रालयमा नै उनलाई किन ल्याइयो ? र, अब अर्थमन्त्रालयमा उनलाई कुन जिम्मेवारी दिइएला ? बजेटको अन्तिम तयारी चलिरहेको बेला रानाको अर्थमन्त्रालय प्रवेश अहिले कर्मचारी प्रशासनमा चर्चाको विषय बनेको छ ।

त्यसरी चर्चा परिचर्चा हुनुको खास कारण छन् । एक त उनी कर्मचारी प्रशासनका सबैभन्दा युवा सहसचिवहरु मध्ये एक जना हुन् । २०४२ मा रुकुम चौरजहारी नगरपालिका वडा नम्बर १४ (साबिक नुवाकोट गाविस) मा जन्मेका ३८ वर्षिय रानालाई आफ्नो कार्यालयमा ल्याउनको लागि माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुबीच प्रतिस्पर्धा नै हुने गरेको देखिन्छ ।

३६ वर्षको उमेरमै ०७८ कार्तिक १ गते सहसचिव भएका रानालाई शुरुमै आफ्नो कार्यालयमा ल्याउनको लागि प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री तथा माओवादी नेता कुलप्रसाद केसीबीच प्रतिस्पर्धा नै चलेको थियो । त्यतिबेला प्रचण्डले नै हस्तक्षेप गरेर केही महिना लुम्बिनी प्रदेशको मुख्य सचिव बनाइएको थियो । २०७९ को स्थानीय निर्वाचनमा रेणु फेरि निर्वाचित भए लगत्तै उनलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बनाइएको थियो ।

०७० साउनमा शाखा अधिकृतबाट जागिर शुरु गरेका राना सहसचिव हुनु अघि गृहमन्त्रालय अन्तरगतको कसुरजन्य सम्पत्ति व्यवस्थापन इकाईमा उपसचिव थिए । माओवादीको उदगमस्थल रुकुमको मगर परिवारको, सिंगो परिवार नै माओवादी पृष्ठभूमीको हुनुको साथै अब्बल प्रशासनिक दक्षता भएका युवा भएकोले उनी
माओवादी नेतृत्वको रोजाईमा पर्ने गरेको बुझ्न सकिन्छ । स्रोतका अनुसार मगरलाई आफ्नो कार्यालयबाट सरुवा नगर्न रेणुले प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई समेत अनुरोध गरेकी थिइन । तर, उनीहरुले महानगरमा भन्दा अर्थमन्त्रालयमा रानाको आवश्यकता औंल्याउंदै आवश्यक परे बजेट पछि फेरि सरुवा गर्न सकिने आश्वासन दिएपछि रेणु सहमत भएको बताइन्छ ।

अर्थमन्त्रालयमा सरुवा गरिए पनि अहिलेसम्म उनलाई कुन माहाशाखाको जिम्मेवारी दिइन्छ, स्पष्ट भएको छैन । तर, आफ्नै जोडबलमा ल्याएकोले अर्थमन्त्री पुनले जुनसुकै माहाशाखा वा विभागको जिम्मेवारी दिए पनि बजेट निर्माणमा ‘की’ भूमिका रानाको हुने कुरामा भने शंका छैन ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।