प्रि ओपन सेसन अपडेटः साढे ७ अंक बढ्यो नेप्से

Apr 28, 2024 10:53 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.२४ अंक घटेर १९६५.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.६० अंक बढेर १९७३.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको २३ लाख ७२ हजार १४५ रुपैयाँ ८५ पैसाबराबरको ४ हजार २७७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३६ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।