साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट

Apr 29, 2024 11:13 AM Merolagani

साताको दास्रो दिन सोमबार सुनको घटेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावि सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आईतबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य बढेको छ ।

यसदिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार प्रतितोला एक हजार ६६० रुपैयाँमा किनबेच भएको थियो ।

 
comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।