भाेजपुरमा सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु

Apr 29, 2024 02:47 PM Merolagani

भाेजपुरमा सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ । साेमबार आमचोक गाउपालिका वडा नं  हैखराङमा बाेलेराे दुर्घटना भएकाे हाे । 

आज बिहान ९:३० बजे बालाँखाबाट मैंयुटार हिँडेको १ ज २६१७ नम्बरको बाेलेराे दुर्घटनामा परेकाे हाे ।बोलेरो ओर्लने स्थानमा पुगेपछि पार्किङका लागि घुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षकी रूना राईको घटनास्थलमै मृत्यु भएकाे थियाे । यसैगरी, आमचोक गाउँपालिका–१० की २६ वर्षकी शान्ति राईको पनि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको छ ।

१४ जना सवार बलेराे दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि धरान बीपी कोइराला मेमोरियल अस्प्तालमा लगिएकाे छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।