इलाम २ मा एमालेका सुहाङ नेम्वाङ अगाडि

Apr 29, 2024 03:28 PM Merolagani

इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि भएकाे उपनिर्वाचनकाे मतगणना जारी रहेकाे छ । अहिलेसम्मकाे मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अगाडि रहेका छन् ।

सुहाङले १३,९०० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८,९१४ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काभन्दा नेम्वाङ ४,९८६ मतले अगाडि रहेका छन्।

यसैगरी, ८,२८५ मतका साथ तेस्राे स्थानमा पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिम रहेका छन् । यस्तै, रास्वपाका उम्मेद्वार मिलन लिम्बूले १,९४५ मत प्राप्त गरेका छन् ।  हालसम्म ४ वटा पालिकाको मतगणना सकिएकाे छ। 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।