लगानी सम्मेलनको निम्तोलाई अस्वीकार गरेका एलन मस्क त्यही बेला चीन भ्रमणमा, बृहत लगानी गर्दै

Apr 29, 2024 05:59 PM Merolagani

लगानी सम्मेलनमा सहभागिताको लागि नेपाल सरकारले गरेको अनुरोधलाई वेवास्ता गरेका  अरबपति एवं विश्व विख्यात टेस्ला कम्पनीका प्रमुख एलन मस्क त्यही समयमा चीन भ्रमण गरेका छन् ।

आफ्नै विशेष विमानबाट आइतबार बेइजिङ पुगेका मस्कले सोमबार स्वदेश अमेरिका फर्कनु अघि प्रधानमन्त्री ली कियाङसहित चीनका उच्च अधिकारीसंग लामो छलफल गरेका छन् ।

मस्क केही महिना अगाडि पनि बेइजिङ पुगेका थिए । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजारको रुपमा रहेको चीनमा मस्कले आफ्नो कम्पनीका उत्पादनहरुको बजार विस्तार गर्ने प्रयास गरिरहेका छन् । यस पटक मस्कको भ्रमणको अवसरमा टेस्ला कम्पनीको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूले चीनको तथ्याङ्क सुरक्षा आवश्यकताहरू पूरा गर्ने प्रतिवद्धता चिनिया बजारमा सूचीबद्ध भएका छन् । टेस्लाले स्थानीय टेक टाइटनसँग मिलेर चीनमा आफ्नो सहायक ड्राइभिङ प्रविधिको विकास र विस्तारको लागि सरकारको स्वीकृति लिने प्रकृया अन्तिम चरणमा पुगेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।