सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैठाैं आउटलेट

Apr 16, 2024 04:20 PM Merolagani

चिया चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारास्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ।

उद्यमी संजोग कोइरालाले सन् २०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हाल सम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तार भएको छ।

सिभिल मलमा मनोरम वातावरण (एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन्।

विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कल्चरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको चिया अड्डाले जानकारी दिएकाे छ। 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।