कर्पाेरेट कम्पनीका भ्रमपूर्ण विज्ञापनले सृजना गरेका समस्या, रामदेव र बालकृष्ण विरुद्धको मुद्दामा न्यायाधीशको प्रतिप्रश्नले गरेका संकेतहरु

Apr 11, 2024 06:04 PM Merolagani

के पतन्जलीको ओरालो यात्रा शुरु भएको हो ? के स्वामी रामदेव र आचार्य बालकृष्ण केही दिनभित्र जेल जांदैछन् ?

अहिले भारतमा मात्र होइन, विश्वभरकै कर्पाेरेट क्षेत्रमा उठिरहेको प्रश्न हो, जुन प्रश्नको जवाफ अबको केही दिनभित्र भारतको सर्वाेच्च अदालतले दिंदैछ । र, अहिलेसम्मको अदालतको प्रस्तुती हेर्दा उनीहरुका दुर्दिन शुरु भएकै हो कि भन्ने देखिदैंछ ।

किनकी रामदेव र बालकृष्णले मागेको माफीनामालाई अदालतले अस्वीकार गरेको छ । बुधबारको वहसपछि सर्वाेच्च अदालतका न्यायाधीशद्धय हिमा कोहली र असानुद्धिन अमानुतुल्लाहले उनीहरुले गरेको माफीको जवाफमा भने-यो माफीयोग्य कुरा होइन, अब के हुन्छ त्यो हामीले जानेका छौं ।

माफी दिन अस्विकार गर्दै न्यायाधीशद्धयले ‘अब के हुन्छ त्यो हामीले जानेका छौं’ भन्नुको सोझो अर्थ हो-अब तिमीहरुलाई कडा कारवाही हुन्छ । पतन्जली र त्यसका मालिकद्धय रामदेव र बालकृष्ण माथि भ्रमपूर्ण दावीसहित विज्ञापनहरु प्रशारण गरेको मुख्य आरोप छ । प्रमाणित नभएका र कुनै निकायले ‘सर्टीफाइड’ नगरेका विषयहरुलाई पनि जर्वजस्ती ग्यारण्टी गर्दै विज्ञापन प्रशारण, प्रकाशन गरेको र मानिसहरुमा भ्रम फैलाएको आरोप छ । त्यस्तै कर छलीलगायतका विषयमा पनि अदालतमा मुद्दा परिरहेको छ ।

अदालतले समान विक्री गर्नकै लागि भ्रम फैलाउनु मानव स्वास्थ्यको लागि खतरनाक भएको बताउँदै त्यो विषय क्षम्य नहुने बताएको छ । पतन्जलीसँग सम्वन्धित यो मुद्दाकाे फैसला केही दिनमा हुनेछ । सत्तारुढ भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीका प्रिय  रामदेवले यो मुद्दालाई प्रभावित गर्नको लागि अनेक तिगडमहरु गरिरहेको कतिपय भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । तर, लोकसभा चुनावको पूर्व सन्ध्यामा हुन लागेको यो फैसलाको विषयमा चासो राखे पनि मोदीले ठाडै हस्तक्षेप गर्ने आँट गर्न सकेका छैनन् । त्यसमाथि अहिलेसम्मका बहसहरुमा राखेको चासो र बुधबारको बहस पछि न्यायाधीशद्धयले गरेको टिप्पणीले अदालत रामदेवका कुनै तिगडमहरु र दबाबबाट प्रभावित नहुने देखिएको छ ।

फैसला पतन्जलीको विपक्षमा गयो भने स्पष्ट छ, त्यो केवल भारतको लागि मात्र नभएर नेपालसहित धेरै देशको लागि एउटा नजिर बन्नेछ । किनकी भ्रमपूर्ण विज्ञापनहरुमार्फत उपभोक्ताको आर्थिक, मानसिक शोषण गर्ने र स्वास्थ्यमा प्रतिकूल असर पार्ने काम खासगरि ठूला र बहुराष्ट्रिय कम्पनीहरुले गरिरहेका छन् । रामदेवकै पतन्जलीका उत्पादनको प्रभाव पनि नेपाल लगायतका धेरै देशहरुमा छ ।

रामदेवले योगाभ्यास गराउने क्रममा आफनो कम्पनी पतन्जलीका उत्पादनहरुको प्रचारप्रसार गर्दै आएका छन्, जसमा कैंयौं भ्रमपूर्ण दावीहरु रहेका छन् । तर, ती दावीहरुलाई पत्याएर ती वस्तुहरुको जवर्जस्त उपभोग गर्दा मानिसको स्वास्थ्यमा प्रतिकूल असर परेका धेरै घटनाहरु छन् । अब यो मुद्दामा अदालतको फैसलाले त्यस्ता कम्पनीहरुको लागि त पाठ सिकाउने नै छ, उपभोक्ताहरुलाई पनि आकर्षक विज्ञापनहरुको नियतमाथि ‘क्रसचेक’ बानी बसाल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

 

 

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।