सरकारको शेयर बजारबाट हुने कमाई ९६% बढ्यो, चैतमा मात्रै १०% वृद्धि, चैतमा लगानीकर्ताले कति कमाए ?

Apr 16, 2024 11:52 AM merolagani

सुवास निरौला

सरकारको शेयर बजारबाट हुने कमाइ ९६ प्रतिशत बढेको छ। गएको ९ महिनामा उक्त प्रतिशतले सरकारको कमाइ बढेको हो।

चालु आर्थिक वर्षको चैतसम्म दोस्रो बजारमा हुने शेयर किन/बेचबाट सरकारले तीन अर्ब ७९ करोड रुपैयाँ पूँजीगत लाभ कर प्राप्त गर्‍यो। गत वर्ष सोही अवधिमा सरकारले एक अर्ब ९२ करोड रुपैयाँ मात्रै प्राप्त गरेको थियो। जुन गत वर्षको भन्दा ९६.७४ प्रतिशत बढी हो। सरकारको लागि चालु वर्ष फलदायी देखिएको छ। सरकार सँगै लगानीकर्ता समेत चालु वर्ष फाइदामा देखिएका छन्।

चैतमा मात्रै लगानीकर्ताले शेयर बिक्री गरेर ७५ अर्ब ८० करोड रुपैयाँ मुनाफा गरे। उनीहरूले तिरेको लाभकरको आधारमा उक्त रकम बराबरको नाफा गरेको देखिएको हो। लगानीकर्ताले चैतमा कुल ३ अर्ब ७९ करोड रुपैयाँ पूँजीगत लाभकर तिरे। जसमा दीर्घकालीन कारोबार स्वरूप ७९ करोड रुपैयाँ तिरे भने अल्पकालीन नाफा गरे बापत २ अर्ब ४३ करोड रुपैयाँ तिरे। त्यसैगरि संस्थागत लगानीकर्ताले ४५ करोड रुपैयाँ तिरे। उनीहरूले तिरेको रकम अनुसार दीर्घकालीन लगानीकर्ताले चैतमा १७ अर्ब ९४ करोड रुपैयाँ कमाए भने अल्पकालीन लगानीकर्ताले ३२ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरे। उता संस्थागत लगानीकर्ताले चैतमा चार अर्ब ५३ करोड रुपैयाँ नाफा गरे।

गत फागुनको तुलनामा चैतमा उठ्ने लाभकरमा समेत उल्लेख्य प्रगति देखिएको छ। फागुनको तुलनामा चैतको लाभकर उठ्ती करिब १० प्रतिशत प्रतिशतले बढेको छ। चैतमा समग्र लाभकर उठ्ती ४८ करोड ३४ लाख रुपैयाँ छ। जबकि फागुनमा समग्र उठ्ती ४४ करोड रुपैयाँ रहेको थियो। जुन फागुनको तुलनामा ९.६४ प्रतिशत बढी हो। चैतमा संस्थागत लगानीकर्ताबाट उठ्ने लाभकर प्रतिशत बढी छ। चैतमा संस्थागत लगानीकर्ताले ८ करोड ८३ लाख रुपैयाँ तिरेका छन्। उनीहरूले फागुनमा ७ करोड ३० लाख तिरेका थिए। जुन फागुनको तुलनामा २०.९८ प्रतिशत बढी हो। यता दोस्रोमा बढी कर तिर्ने अल्पकालीन लगानीकर्ता छन्। उनीहरूले चैतमा मात्रै २८ करोड ७३ लाख तिरे। फागुनमा उनीहरूले २५ करोड १० लाख रुपैयाँ तिरेका थिए। जुन फागुनको तुलनामा १३ प्रतिशत बढी हो। संस्थागत र अल्पकालीन लगानीकर्ताले चैतमा बढी पूँजीगत लाभकर तिरेका भएपनि दीर्घकालीन लगानीकर्ताले भने कम तिरे। दीर्घकालीन लगानीकर्ताले चैतमा ११ करोड १३ लाख रुपैयाँ लाभकर तिरे। फागुनमा उनीहरूले ११ करोड ६८ लाख रुपैयाँ तिरेका थिए। जुन फागुनको तुलनामा ४.६७ प्रतिशत कम हो।

 

नाफामा लगानीकर्ताले कर तिर्दै आएका छन् भने सरकारले कर उठाउँदै आएको छ। तर कर तिर्नेले तिरिरहेका छन् भने उठाउनेले पनि सोही अनुसार उठाउँदै आएको छ। तर उठेको कर दोस्रो बजार सुधारको लागि खर्च हुने गरेको छैन। सरकारले शेयर बजारबाट उठेको कर अरू नै प्रयोजनको लागि खर्च गर्दै आइरहेको छ। शेयर बजारबाट उठेको कर दोस्रो बजार सुधारको लागि सरकारले एक पैसा पनि खर्च नगर्दा समेत लगानीकर्ता मौन नै रहँदै आएका छन्। शेयर बजारबाट उठेको रकम दोस्रो बजारको विकासमा लगानी गर्नु पर्छ भनेर कोही लगानीकर्ता बोल्ने गरेका छैनन्। शेयर बजारमा लगानीकर्ताको आवाज उठाउने भन्दै धेरै संघ सङ्गठन नखुलेका होइनन्। ती संघ सङ्गठन पनि सो विषयमा मौन नै बस्ने गरेका छन्।

लगानीकर्ताले जति बढी फाइदा गर्‍यो। त्यति तै बढी सरकारले लाभकर प्राप्त गर्छ। सरकारले दोस्रो बजारमा हुने शेयर किनबेचमा हुने फाइदामा पूँजीगत लाभकर असुल गर्ने गर्छ। सरकाले दीर्घकालीन, अल्पकालीन र संस्थागतको लागि छुट्टा छुट्टै लाभकर निर्धारण गरेको छ। उसले दीर्घकालीन लगानीकर्ताबाट ५ प्रतिशत लाभकर असुल गर्ने गर्छ। एक वर्ष भन्दा बढी अवधि शेयर राखेर बिक्री गरेको शेयर कारोबारबाट आर्जित मुनाफामा सरकारले दीर्घकालीन कर भन्दै ५ प्रतिशत पूँजीगत लाभकर असुल गर्छ। त्यसैगरि एक वर्ष भन्दा कम समयमा आर्जित नाफामा साढे ७ प्रतिशत असुल गर्छ भने संस्थागत लगानीकर्ताबाट १० प्रतिशत लाभकर असुल गर्दै आएको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।