सहकारी पीडित भन्छन्ः ‘दुःख गरेर जम्मा पारेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रियो’

Apr 15, 2024 04:52 PM Merolagani

सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो गरेका हुन् ।

उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरु विदेशमा गइ पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह शुरु हुन थालेको बताए । पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडितले विदेशबाट आफन्तले पठाएको रकम सहकारीमा जम्मा गरेको हो । तर अहिले आफूले उक्त बचत निकाल्न नपाएकाे बताए ।

उनीहरुले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा रिसाएर बोल्न छोडेको बताए । सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाउँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ । सर्वसाधारणले दुःखले बचत गरेको बचत खाएर भाग्ने छुट कसैलाई छैन । सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन पर्ने उनीहरुकाे भनाइ छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।