डलरको भाउ हालसम्मकै महँगो, नेपाली रुपैयाँ कमजोर बन्दै

Apr 16, 2024 09:08 AM Merolagani

अमेरिकी डलर हालसम्मकै महँगो भएको छ। मंगलबार १३३ रुपैयाँ ८३ रुपैयाँ पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो।

यसअघि गत चैत २३ गते अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ८१ पैसा सम्म पुगेको थियो। मंगलबार सो रेकर्डलाई तोड्दै डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ८३ पैसा खर्च गर्नुपर्ने भएको छ।

सोमबार डलरको भाउ १३३ रुपैयाँ ७७ पैसा थियो। बिहीबार ६ पैसाले भाउ बढेको हो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।