सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति बढ्यो ?

Apr 16, 2024 11:06 AM Merolagani

मंगलबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसदिन चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबारको बजारमा चाँदी एक हजार ७५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार तोलाको एक हजार ७१५ रुपैयाँमा किनबेच भएको थियो।अहिले भइरहेकाे इरान र इजरायल बिचको युद्ध र डलरको भाउ बढेका कारण यस दिन सुनको मूल्य उच्च रुपमा बढेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।