शेयर कारोबारमा नयाँ अनुभव दिलाउने ब्रोकर प्लेटफर्म–‘सास’, ग्राहकहरुले पनि प्रयोग गर्न मिल्ने

Apr 16, 2024 03:14 PM Merolagani

सोर्सकोड प्रालिले शेयर कारोबारमा नयाँ अनुभव दिलाउने ‘स्टक एनालाइसिस सफ्टवेयर’ (सास) बजारमा ल्याएको छ। वित्तीय प्रविधिमा अभूतपूर्व अन्तर्राष्ट्रिय मापदण्डहरू कायम गर्दै एडभान्स्ड उपकरण तथा अन्तरदृष्टिले लगानीकर्ता तथा ब्रोकरहरुलाई सशक्त बनाउने पहिलो सफ्टवेयर रहेको कम्पनीको दाबी छ।

यस सफ्टवेयरमार्फत ग्राहकले कारोबारको सम्पूर्ण जानकारी पाउनुका साथै ग्राहकलाई ब्रोकरले दिने सेवामा पहुँच बढ्ने कम्पनीले बताएको छ। ‘यस सफ्टवेयर बजारमा आईसकेपछि प्राप्त उल्लेख्य प्रतिक्रियाले नेपाली वित्त क्षेत्रमा नवप्रवर्तन र उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। हामी हाम्रो बजारमा विश्वस्तरीय प्रविधि ल्याउन पाउँदा गर्व गर्छौं, अत्याधुनिक प्रविधिको साथ लगानीकर्ता र ब्रोकरहरूलाई सशक्त बनाउँदै, ग्राहकहरूलाई आफ्नो शेयर पोर्टफोलियो, ब्रोकर लेनदेन ट्र्याक गर्न र एउटै प्लेटफर्म मार्फत रियल टाइममा शेयर बजार सम्बन्धि जानकारी प्राप्त गर्न मद्दत गर्दछ,’ सोर्सकोडका सिईओ अमोड भट्टराइले बताए।

खरिद–बिक्री पछि ग्राहकको पोर्टफोलियोको रियल टाइम अपडेट उपलब्ध गराउनदेखि लिएर भिडियो प्रमाणीकरण सहित थ्री इन वान केवाईसी प्रक्रियाको साथ खाता खोल्ने प्रक्रियाहरू सुव्यवस्थित गर्नसम्मका सुविधा प्रदान गर्ने यस सफ्टवेयरले ग्राहकहरूलाई ब्रोकरसँगको लेनदेनमा दक्षता र पारदर्शिता बढाउने कार्यहरूको दायरा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ।

स्टक मूल्यको उतारचढाव, पोर्टफोलियो अपडेट र नयाँ लगानी अवसरहरूको बारेमा पनि समयमै सूचनाहरू समयमा नै सहि निर्णय लिन सकिनेछ भने आफु अनुकुल गर्न सकिने स्टक स्क्रिनरले व्यक्तिगत प्राथमिकता तथा लक्ष्य प्राप्त गर्न व्यापार रणनीतिहरू देखाउने काम पनि यस सफ्टवेयरले गर्दछ। त्यसैगरी, ब्रोकरहरूले लेनदेन इतिहासको आधारमा ग्राहकहरूको जोखिम प्रोफाइलहरूमा पहुँच प्राप्त गर्दछ जसले व्यक्तिगत सेवा तथा निर्णय लिन सहयोग गने कम्पनीले बताएको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।