डेनमार्कको कोपनहेगनस्थित पुरानो स्टक एक्सचेन्ज भवनमा आगलागी

Apr 16, 2024 05:29 PM Merolagani

डेनमार्कको कोपनहेगनस्थित एक ऐतिहासिक भवनमा आगलागी भएको छ । मंगलबार कोपेनहेगनको मध्यभागमा रहेको पुरानो स्टक एक्सचेन्ज भवनमा आगलागी भएको हाे ।

१७ औं शताब्दीको उक्त भवनमा भीषण आगलागी भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो भवन स्टक एक्सचेन्जकासाथै प्रसिद्ध पर्यटक केन्द्र पनि रहेको बताइएको छ ।

डेनमार्कका संस्कृति मन्त्री ज्याकोब एङ्गेल-स्मिटले डेनमार्कको ४०० वर्षको सांस्कृतिक सम्पदा आगोमा जलेको बताए। यद्धपि हालसम्म आगाे लाग्नुकाे कारण खुल्न सकेकाे छैन । आगोले भवनको धेरैजसो भागलाई नराम्ररी क्षति पुर्‍याएको अनुमान गरिएको छ।

साे भवन भित्रका सबैजना बाहिर निस्कन सफल भएकाे बीबीसीले जनाएकाे छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।