एभरेष्ट इन्स्योरेन्सले खुद नाफामा मार्यो छलाङ

Aug 16, 2017 Merolagani
0



एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षमा चार करोड ५५ लाख ८९ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा एभरेष्टले दुई करोड ८१ लाख २१ हजार रुपैंया खुद नाफा कमाएको थियो ।  समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ६२.१४ प्रतिशतले बढेको हो ।

कम्पनीको खुद नाफामा आएको बढोत्तरीले प्रतिसेयर आम्दानी ३७ रुपैंया ५२ पैसा कायम भएको छ ।

१० करोड १८ लाख ६३ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेर एभरेष्टले चार करोड ८१ लाख ७७ हजार रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ । पुनर्बीमा कमिशन आय बढेको कम्पनीको दाबी भुक्तानीको रकम घट्दा समेत नाफा नोक्सानको हिसाव अघिल्लो आर्थिक वर्षको भन्दा कमजोर देखिन्छ ।

लगानी कर्जा तथा अन्य आय झण्डै दोब्बरले बढाएर एक करोड १२ लाख १३ हजार रुपैंया पुर्याएको कम्पनीको व्यवस्था फिर्ता वापतको रकम ३० लाख ३० हजार रुपैंयाबाट बढेर तीन करोड ४८ लाख ६० हजार रुपैंया पुगेको छ । व्यवस्था फिर्ताबाट ठूलो रकम उठाएका कारण एभरेष्टको खुद नाफामा भारी वृद्धि आएको हो ।

२६ करोड ३३ लाख २१ हजार रुपैंयाको कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले १८ हजार पाँच सय ५५ वटा बीमालेख जारी गरेको छ । २३६ वटा बीमालेख नवीकरण गरेको कम्पनीले एक हजार तीन सय ८० वटा बीमा दाबी भुक्तानी गरेको छ । अब एभरेष्टले १३ करोड ८५ लाख ९३ हजार रुपैंयाको छ सय ६५ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

१२ करोड १५ लाख रुपैंयाको चुक्ता पूँजीलाई एक अर्ब बनाउन छ सय प्रतिशत हकप्रद बेच्ने तरखर गरिरहेको एभरेष्टको जगेडा कोषमा ११ करोड ४८ लाख ७७ हजार रुपैंया सञ्चित छ । उसको प्रतिसेयर नेटवर्थ तीन सय ८१ रुपैंया ५३ पैसा छ । कम्पनीले बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैंया सञ्चित गरेको छ ।

लामो समय विवादमा फसेर स्वस्थ बन्दै गरेको कम्पनीले विगतको जस्तो समस्या झेल्न नपरेको अवस्थामा प्रगतिको क्रमलाई राम्राे बनाउँदै लैजाने देखिन्छ ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।