१७ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा एनआईसी एशियाले भने बढायो, दुई बैंकको स्थिर

Mar 13, 2024 08:35 AM Merolagani

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ। दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ। १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो।

यता बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ। फागुनमा ५.७४ प्रतिशतविन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औषत ब्याजदर, चैत महिनामा ०.२६ प्रतिशतविन्दु बढेर ६ प्रतिशतविन्दु पुगेको छ।

एनआईसी एशियाले भने बढायो ब्याजदर

एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.५४ प्रतिशतका दरले ब्याज दिने भएको छ। फागुनमा बैंकको यस्तो ब्याजदर ८ प्रतिशत थियो। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको छ।

सबैभन्दा बढी ब्याजदर घटाउनेमा एभरेष्ट र एनएमबि

फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन्। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशतविन्दु घटाएका छन् भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएका छन्।

दुई बैंकहरुको ब्याजदर स्थिर

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यी दुई बैंकले यस्तो खातामा चैत महिनामा पनि ७.५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन्। यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशतविन्दु बढेको छ।

कृषि विकास बैंकको ब्याजदर सबैभन्दा कम

२० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ। यस बै)कले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशतका दरले ब्याज दिने भएको छ भने संस्थागतमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।