लोडसेडिङको समस्या टर्‍यो, भारतले बिजुली आयातको अनुमति दियो, तर तीन महिनाको लागि मात्रै

Mar 28, 2024 02:49 PM merolagani

निक्कै दिनदेखि लोडसेडिङ हुने हल्ला चलिरहेको थियो। भारतले बिजुली नदिए लोडसेडिङ रोक्न नसकिने तर्क हुँदै आएको थियो। तर उक्त समस्या तत्कालको लागि टरेको छ। भारतले तीन महिनाको लागि बिजुली दिने भएको छ।

भारतले आउने जुनसम्मको लागि बिजुली आयात गर्ने अनुमति नवीकरण गरिदिएको छ। जसले सम्भावित लोडसेडिङ टरेको हो। ऊर्जा मन्त्रालयका अनुसार ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको हो। अनुमति अनुसार नेपालले प्रतिस्पर्धी मूल्यमा बिजुली किन्न पाउने छ।

बिजुली किन्न  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्नु पर्छ। त्यसका लागि किन्नु भन्दा एक दिन अघि नै मूल्य र परिमाण दिनु पर्छ। यो बजारमा सहभागी हुन नेपालले २०७८ वैशाखमा अनुमति पाएको थियो। उक्त अनुमति पाँच वर्षको छ। तर हरेक वर्ष नवीकरण गर्नु पर्ने सर्त छन्। जस अनुसार हरेक आर्थिक वर्षको लागि नेपालले नवीकरण गर्दै आएको थियो। तर यस पटक भने उसले तीन महिनाको लागि मात्रै नवीकरण गरिदिएको हो। जुन सर्त अनुसार हुन सकेन।  यस वर्ष भने भारतले त्यहाँ निर्वाचन हुन लागेको भन्दै नवीकरण गर्न ढिलाइ गरेको थियो। जसका कारण आउने दिनमा लोडसेडिङ हुने हल्ला चलेको थियो।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।