अदालतबाट सफाइ पाए लगत्तै मधु मरासनी पुगे अर्थ सचिवकाे कुर्सीमा

Apr 22, 2024 01:11 PM Merolagani

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा बिशेष अदालतले सफाइ दिएपछि मधु मरासिनी अर्थ सचिवकाे जिम्मेवारीमा पुगेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।

 

हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा तानिएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मरासिनी बिरूद्ध मुद्दा दायर गरेकाे थियाे ।    तर अदालतले सफाइ  दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा सचिव थिए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।