एक दिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकम पनि घट्यो

Apr 22, 2024 03:08 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पाँच कारोबार दिनको निरन्तर गिरावट पछि आइतबार देखिएको वृद्धि एक दिन पनि टिक्न सकेन। अर्थात सोमबार नेप्से परिसूचक पुनः घटेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक १५.४१ अंक घटेर १९६९.०२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ३८ हजार ५५२ पटकको कारोबारमा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको ५६ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ५.८० प्रतिशत बढेको छ भने कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.३३ प्रतिशत बढेको छ। कारोबारमा आएको दोल्ती पावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.३७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सर्वोत्तम सिमेन्टको करिब ६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०२ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.२० प्रतिशत घटेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।