कतारका राजा भाेलि नेपाल आउँदै, राष्ट्रपति विमानस्थलमै पुग्ने

Apr 22, 2024 04:32 PM Merolagani

कतारका राजा (अमिर) शेख तामिम विन हमद अल थानी भाेलि नेपाल आउने भएका छन् । जसकारण सरकारले सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेकाे छ ।

उनी भाेलि बेलुकी ५ बजेर ३५ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ओर्लने भएका छन् । कतारका राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमै पुग्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिले उनलाई स्वागत गर्ने कार्यक्रम रहेकाे छ । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।