सुनचाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

Apr 23, 2024 11:11 AM Merolagani

मंगलबार सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्यमा प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा ४५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ५०० रुपैयाँ र तेजावी सुन एक लाख ३४ हजार ८५० रुपैयाँ कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँर तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार एक हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 
comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।