फाइनान्स कम्पनीहरुको नाफामा भारी गिरावट, शेयर बजारमा ट्रेण्डिङ्गमा रहेको पोखरा फाइनान्स सबैभन्दा धेरै घाटामा

Apr 23, 2024 12:04 PM Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीहरुको नाफामा भारी गिरावट देखिएको छ। गत वर्षको यसै अवधिकाे तुलनामा चालु आर्थिक वर्षको चैतसम्ममा अधिकाँश फाइनान्सको नाफा घटेको छ भने ८ फाइनान्स कम्पनी घाटामा पुगेका छन्।  

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३३ करोड ३ लाख रुपैयाँ नाफा कमाएका फाइनान्स कम्पनीहरु चालु आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ७२ लाख रुपैयाँ घाटामा रहेका छन्।

तथ्याङ्क अनुसार १५ फाइनान्समध्ये ८ फाइनान्स  घाटामा छन् भने बाँकी ७ फाइनान्स नाफामा छन्। नाफामा हुने फाइनान्समा पनि मल्टिपर्पस फाइनान्स बाहेक सबै फाइनान्सको नाफा घटेको छ।

चैत मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने मञ्जुश्री फाइनान्सको नाफा गत आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष १७ करोड १७ लाख नाफा कमाएको फाइनान्सले यस वर्ष १५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तै गोर्खाज फाइनान्सले ५ करोड ४८ लाख नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो।

आइसिएफसि फाइनान्सले ३ करोड ३२ लाख नाफा कमाएको छ। यो गत वर्षको तुलनामा ६० प्रतिशतले कम हो। त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा ३० प्रतिशतले घटेर २ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ भने बेष्ट फाइनान्सको ५० प्रतिशतले घटेर १ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ। नेपाल फाइनान्सको नाफा ८७ प्रतिशतले घटेर १३ लाख रुपैयाँमा सीमित भएको छ।

फाइनान्स कम्पनीहरुमा मल्टिपर्पस फाइनान्सको नाफा भने १९६ प्रतिशतले बढेर १ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

(रकम हजारमा)

यस बाहेक अन्य सबै फाइनान्स कम्पनी घाटामा छन्। गत वर्ष नाफामा रहेका ६ फाइनान्स यस वर्ष घाटामा पुगेका हुन्।

फाइनान्स कम्पनीहरुमा पछिल्लो समय शेयर बजारमा ट्रेण्डिङ्गमा रहेको पोखरा फाइनान्स सबैभन्दा धेरै घाटामा देखिएको छ। ९ महिनामा पोखरा फाइनान्स १७ करोड २३ लाख रुपैयाँ घाटामा देखिएको छ। गत वर्षको यसै अवधिमा कम्पनी ३ करोड ५७ लाख रुपैयाँ नाफामा रहेको थियो। कम्पनीको धान्नै नसक्ने गरी घाटा बढ्दै गएपनि शेयर बजारमा भने सोही कम्पनीमा लगानीकर्ताको आकर्षण छ। पछिल्लो समय फाइनान्स कम्पनीहरुमा पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ।

यसैगरी जानकी फाइनान्स पनि १० करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ। जानकी फाइनान्स पनि पछिल्लाे समय शेयर बजारमा ट्रेण्डिङमा नै देखिन्छ। सबैभन्दा धेरै घाटामा गएका कम्पनीहरुको शेयरमूल्य अहिले बढीरहेको देखिन्छ।

फाइनान्स कम्पनीहरुको पनि कर्जा असुलीमा समस्या देखिँदा उनीहरुको खराब कर्जा ह्वातै बढेको छ जसले गर्दा कम्पनीहरुको नाफा प्रभावित भएको हो। चैतसम्ममा फाइनान्स कम्पनीहरुको औसत खराब कर्जा ६.६३ प्रतिशत पुगेको छ। जानकी फाइनान्सको खराब कर्जा २३ प्रतिशत माथि पुगेको छ भने समृद्धि फाइनान्सको साढे १३ प्रतिशत छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।