विकास बैंकहरुको नाफामा सामान्य मात्र गिरावट, घाटामा रहेका बैंकहरुमा लगानीकर्ताको उच्च आकर्षण

Apr 23, 2024 03:49 PM Merolagani

वाणिज्य बैंक र फाइनान्स कम्पनीको तुलनामा विकास बैकहरुको नाफामा कम गिरावट देखिएको छ। गत आर्थिक वर्षको चैत मशान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुको नाफा ०.१० प्रतिशतले मात्रै घटेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरुको नाफा ३ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ। केहि बैंकको नाफा घटेको भए पनि समग्रमा हेर्दा बिकास बैंकहरुको नाफामा ठुलो गिरावट देखिदैन।

तथ्याङ्क अनुसार चैत मशान्तसम्ममा ३ विकास बैंक घाटामा छन् । त्यस बाहेकका ५ बैंकको नाफा घट्दा बाँकी ८ बैंकको नाफा बढेको छ। गत वर्ष घाटामा रहेका सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक नाफामा गएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ४९ प्रतिशतले बढेको छ। यस्तै मितेरी डेभलपमेन्ट बैंक,ज्योति विकास बैंक,महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको नाफा बढेको छ। यता सम्तकोशी डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक र सिन्दु विकास बैंक घाटामा छन्। ग्रिन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैक,साँग्रिला डेभलपमेन्ट बैंक,कामना सेवा विकास बैंक,गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकको नाफा घटेको छ।

मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ८० करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा बैंकले ८७ करोड नफा कमाएकोमा यस वर्ष करिब १० प्रतिशतले नाफा घटेको छ।

यस्तै गरिमा विकास बैंकले ६५ करोड १९ लाख नाफा कमाएको छ। यो गत वर्षको तुलनामा साढे ४ प्रतिशतले कम हो। साइन रेशुङ्गा डेभलपमेन्ट बैंकले ७ प्रतिशतले नाफा बढाएर ५५ करोड रुपैयाँ कमाएको छ। यस्तै लुम्बिनी विकास बैंकले ३६ प्रतिशतले नाफा बढाएर ४६ करोड रुपैयाँ पु-याएको छ।

चैतसम्ममा सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा धेरै २७ करोड रुपैयाँले घाटामा छ भने नारायणी डेभलपमेन्ट बैंक पनि ३ करोड रुपैयाँले घाटामा छ।

पछिल्लो समय दोस्रो बजारमा भने यस्तै बढी घाटामा रहेका र नाफा घटेका कम्पनीहरु बढी चलिरहेका छन्। विकास बैंकहरुमा पनि सम्तकोशी डेभलपमेन्ट बैंक नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक,कर्णाली डेभलपमेन्ट बैंक बढी चलिरहेका छन्। जवकि यी कम्पनीहरुको नै वित्तीय विवरण खस्कदै गइरहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।